All news

Secretary’s Report – AGM 2026

सचिवको संक्षिप्त वार्षिक प्रतिवेदन

Education Global Senate वार्षिक साधारण सभा—२०२६

आदरणीय अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, पदाधिकारीज्यूहरू, सम्माननीय सिनेटरज्यूहरू तथा उपस्थित सम्पूर्ण महानुभावहरू,

संस्थाको सचिवको हैसियतले यो संक्षिप्त वार्षिक प्रतिवेदन प्रस्तुत गर्न पाउँदा गौरवान्वित छु।

सन् २०२२ मा स्थापित Education Global Senate को उद्देश्य विश्वव्यापी अक्षयकोष निर्माण गर्दै आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका बालबालिकालाई गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्नु हो। हाम्रो विश्वास स्पष्ट छ—शिक्षा विशेष सुविधा होइन, प्रत्येक बालबालिकाको अधिकार हो।

हाम्रो संस्थाको सबैभन्दा महत्वपूर्ण सम्पत्ति भवन, बैंक खाता वा कार्यक्रम होइनन्—हाम्रा सिनेटरहरू नै हाम्रो सबैभन्दा ठूलो शक्ति र पूँजी हुनुहुन्छ। उहाँहरूको विश्वास, योगदान र सेवाभावले नै यो विश्वव्यापी परोपकारी अभियान सम्भव भएको छ।

यस वर्ष हामीले प्रत्येक महिनाको पहिलो आइतबार नियमित बैठक सञ्चालन गर्‍यौँ। साथै, जुलाई २६, २०२६ मा विशेष AGM बैठकसमेत सम्पन्न गर्‍यौँ।

यस अवधिमा हामीले तीन जना नयाँ सिनेटरलाई स्वागत गर्‍यौँ:

  • सिनेटर प्रितेश कार्की—क्यालिफोर्निया
  • सिनेटर सन्ता नगरकोटी—इलिनोइस
  • सिनेटर तीर्थराज पाण्डे—मेरिल्यान्ड

हाम्रा अन्य सबै सिनेटरहरुको नामावली हाम्रो वेभसाइटमा सूचिकृत छ।  

साथै, एक महानुभावले सुपर सिनेटरका रूपमा ५,००० अमेरिकी डलर योगदान गर्नुभएको छ। उहाँले आफ्नो नाम गोप्य राख्न अनुरोध गर्नुभएको छ। यस विश्वव्यापी परोपकारी अभियानप्रतिको उहाँको असाधारण प्रतिबद्धताको सम्मानमा ती महान् आत्माका लागि जोरदार ताली बजाऔँ।

अहिले हामीसँग १४१ व्यक्तिगत सिनेटर र ९ संस्थागत सिनेटर गरी जम्मा १५० सिनेटर हुनुहुन्छ। प्रत्येक सिनेटरको योगदान भावी पुस्ताको शिक्षाका लागि सुरक्षित गरिने भएकाले अक्षयकोषमा कम्तीमा १ लाख ५० हजार अमेरिकी डलर कायम रहनु हाम्रो नैतिक तथा संस्थागत जिम्मेवारी हो।

स्थापनादेखि संस्थाले ३ लाख अमेरिकी डलरभन्दा बढी रकम संकलन गरेको छ र विद्यालय तथा शैक्षिक परियोजनाहरूमा १ लाख ४४ हजार डलरभन्दा बढी अनुदान प्रदान गरिसकेको छ। पारदर्शी अनुदान प्रक्रिया, स्पष्ट मूल्यांकन मापदण्ड र जिम्मेवार आर्थिक व्यवस्थापनप्रतिको हाम्रो प्रतिबद्धताले संस्थालाई Candid Gold Seal of Transparency प्राप्त गर्न सहयोग गरेको छ।

पछिल्ला पाँच वर्षमा स्थानीय साझेदारहरूसँगको सहकार्यबाट एक दर्जनभन्दा बढी विद्यालय सशक्त भएका छन् र ठूलो संख्यामा विद्यार्थी लाभान्वित भएका छन्। हाम्रा कार्यक्रमहरूमा पोषण, शैक्षिक सहयोग, STEM शिक्षा, कम्प्युटर तथा कृत्रिम बुद्धिमत्ता प्रशिक्षण, स्वच्छ खानेपानी, डिजिटल साक्षरता र मानसिक स्वास्थ्य सचेतना समावेश छन्।

विशेषगरी नेपालको बझाङ जिल्लामा उपाध्यक्ष सरना श्रेष्ठ पराजुली, सल्लाहकार वैज्ञानिक डा. विष्णु जोशी, डा. सञ्जय यादव तथा स्थानीय नेतृत्वको सहकार्यमा सञ्चालन भएको मानसिक स्वास्थ्य कार्यक्रमको पहिलो चरण नौ विद्यालयमा पुगेको छ। कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूको उत्साहजनक सहभागिताले यो कार्यक्रमलाई अझ विस्तार गर्नुपर्ने आवश्यकता देखाएको छ।

हामीले केवल रकम संकलन गरेका छैनौँ—हामीले विश्वास निर्माण गरेका छौँ, विद्यालयहरूलाई सशक्त बनाएका छौँ र बालबालिकाका लागि नयाँ सम्भावनाका ढोका खोलेका छौँ।

अब हाम्रो साझा लक्ष्य सिनेटर सदस्यता विस्तार गर्नु, अक्षयकोषलाई अझ सुदृढ बनाउनु, पारदर्शिता कायम राख्नु र प्रभावकारी शिक्षा, STEM, डिजिटल साक्षरता तथा मानसिक स्वास्थ्य कार्यक्रमलाई थप समुदायसम्म पुर्‍याउनु हो।

अन्त्यमा, सम्पूर्ण सिनेटरज्यूहरू, पदाधिकारीहरू, सल्लाहकारहरू, स्वयंसेवकहरू, स्थानीय साझेदारहरू तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु।

हाम्रा सिनेटरहरू हाम्रो शक्ति हुन्।
पारदर्शिता हाम्रो आधार हो।
र भावी पुस्ताको शिक्षा हाम्रो साझा विरासत हो।

धन्यवाद।

Secretary’s Brief Annual Report

Education Global Senate Annual General Meeting—2026

Honorable President, distinguished chief guest, respected officers, esteemed Senators, and all distinguished guests present,

As Secretary of the organization, I am honored to present this brief annual report.

Established in 2022, the mission of the Education Global Senate is to build a global endowment fund and expand access to quality education for children from economically and socially disadvantaged communities. Our belief is clear: education is not a privilege; it is the right of every child.

The most important assets of our organization are not its buildings, bank accounts, or programs—our Senators are our greatest strength and most valuable capital. Their trust, contributions, and spirit of service have made this global philanthropic movement possible.

Throughout this year, we held regular meetings on the first Sunday of every month. In addition, we successfully convened a special AGM meeting on July 26, 2026.

During this period, we welcomed three new Senators:

Senator Preetesh Karki—California
Senator Santa Nagarkoti—Illinois
Senator Tirtha Raj Pandey—Maryland

The names of all our other Senators are listed on our website.

In addition, one distinguished individual contributed US$5,000 as a Super Senator. This generous donor has requested that their identity remain confidential. In recognition of this extraordinary commitment to our global philanthropic mission, let us offer a warm round of applause to this great soul.

We now have 141 individual Senators and nine organizational Senators, bringing the total number of Senators to 150. Because each Senator’s contribution is preserved to support the education of future generations, maintaining at least US$150,000 in the endowment fund is both our moral and institutional responsibility.

Since its establishment, the organization has raised more than US$300,000 and has awarded more than US$144,000 in grants to schools and educational projects. Our commitment to transparent grant procedures, clear evaluation criteria, and responsible financial management has helped the organization earn the Candid Gold Seal of Transparency.

Over the past five years, through collaboration with local partners, we have strengthened more than a dozen schools and benefited a significant number of students. Our programs have included nutrition, educational support, STEM education, computer and artificial intelligence training, access to clean drinking water, digital literacy, and mental health awareness.

In particular, the first phase of the mental health awareness program in Nepal’s Bajhang District has reached nine schools. The program was conducted through the leadership and collaboration of Vice President Sarana Shrestha Parajuli, Scientific Advisor Dr. Bishnu Joshi, Dr. Sanjay Yadav, and local leaders. The enthusiastic participation of students in Grades 9 through 12 has demonstrated the importance of expanding this program further.

We have not simply raised funds—we have built trust, strengthened schools, and opened new doors of opportunity for children.

Our shared priorities moving forward are to expand Senator membership, strengthen the endowment fund, uphold transparency, and extend effective education, STEM, digital literacy, and mental health programs to additional communities.

In closing, I extend my sincere gratitude to all Senators, officers, advisors, volunteers, local partners, and well-wishers.

Our Senators are our strength.
Transparency is our foundation.
And the education of future generations is our shared legacy.

Thank you.

Nepal flood victims donation